दफा ४१
जङ्गी कारबाही विरुद्धको कसुर
देहायको कुनै कार्य गरेमा जङ्गी कारबाही विरुद्धको कसुर गरेको मानिनेछ ः-
(क) सुरक्षा गार्ड वा चपटेलाई बलजफत गरेमा वा गर्न लगाएमा,
(ख) लुटपाट गर्ने मनसायले कुनै घर वा स्थानमा घुसेमा,
(ग) चपटे भएर आफ्नो पोष्टमा निदाएमा वा कुनै पनि प्रकारको लागू औषध वा मादक पदार्थ सेवन गरेमा,
(घ) आपूभन्दा माथिल्लो अधिकृतको अनुमति विना आफ्नो गार्ड, पिकेट, पेट्रोल वा पोष्ट ड्युटी छाडी गएमा,
(ङ) जानी जानी वा लापरवाही गरी क्याम्प, ग्यारिजन वा क्वार्टरमा आतङ्कको सङ्केत वा सूचना दिएमा वा नचाहिंदो हरेस खुवाउने वा आतङ्कित पार्ने खबर पैलाएमा,
(च) अधिकार नभएका व्यक्तिलाई प्यारोल, सङ्केत शब्द (वाच वर्ड र काउण्टर साइन) लिए दिएमा वा अधिकार प्राप्त व्यक्तिलाई जानी जानी भूठ्ठा वा फरक प्यारोल, सङ्केत शब्द दिएमा ।